गोवर्धन पूजाको शब्दको गजलको म्युजिक भिडियो सार्वजनिक

नियात्रा

विश्वपरिक्रमा डेस्क
६ सेप्टेम्वर वाशिंटन डिसी,

अमेरिकाको बोष्टनलाई कर्मथलो बनाएका साहित्यकार गोवर्धन पूजाको विसं २०४८ सालमा मधुपर्कमा प्रकाशित गजल ‘माफ गर तिम्रो बिहेमा आउन सकिनँ’ गोपाल अधिकारीले संगीत तथा आवाजमा रेकर्ड भै म्युजिक भिडियोको रुपमा हालै सार्वजनिक भएको छ ।
गत शनिवार सार्वजनिक सो म्युजिक भिडियोमा केपी तिमिल्सिना,  नम्रता सन्रजेल तथा नविन घिमिरेको अभिनय रहेको छ । यस म्भयुजिक भिडियोको निर्नेदेशन केपी तिमिल्सिनाले गरेका हुन् । यस म्युजिक भिडियोलाई  क्रेजी म्युजिक हबले निर्माण गरेको हो भने यसलाई युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
स्मरणीय छ कवि पूजाका शब्द नेपाली चलचित्र ‘ घायल’, जङ्गली मान्छे, इन्साफ, मूर्ख मान्छे, यतिको खोजमा लगायतमा गीतका रुपमा प्रयोग भएका छन् ।

Leave a Reply