विश्व रक्तदाता अर्जुन मैनाली २००औं रक्तदान गर्न हैटी पुगे

मुख्य समाचार
  1. विश्वपरिक्रमा डेस्क
    ६ सेप्टेम्वर, वाशिंटन डिसी

रक्तदानका लागि प्रख्यात अमेरिकावासी नेपाली अर्जुनप्रसाद मैनालीले २०० औं रक्तदान हैटीमा गएर दिएका छन् । केही समयअघि विनाशकारी भूकम्पका कारण हैटीमा ७ हजारभन्दा वढी मानिस घाइते भएर उपचाररत छन् र तिनलाई रगतको खाँचो छ भन्ने महशूस गरेर ४ सेप्टेम्वरका दिन उनी आफ्नै खर्चमा हैटी गएर रक्तदान गरे । उनले हैटीको नेशनल ब्लड ट्रान्फुजन सेण्टरका निर्देशक डा. अन्स्ट नोयल, चेम्वर अफ कमर्सकी कार्यकारी निर्देशक मिस एरिका रोसेन्थल तथा अन्य व्यक्तिहरुको रोहवरमा रक्तदान गरेका हुन् ।
हैटीमा उनले आफ्नै खर्चमा रक्तदान मात्र गरेनन्, रक्तदान अभियानका लागि अमेरिकी डलर ५०० पनि दान गरे ।
उनले ६ वटै महादेशका १७ देशमा रक्तदान गरिसकेका छन् । उनले नेपाल र अमेरिका वाहेक क्यानाडा, आयरलैण्ड, ईङ्गलैण्ड, बर्मूडा, ईक्वेडर, अष्ट्रेलिया, मकाउ, थाइलैण्ड, मालावी, युगाण्डा, रुवाण्डा, ईथियोपिया, केन्यामा लगायतका देशमा गई रक्तदान गरेका छन् ।
उनले हालसम्म गरेको रक्तदान ६०० जनाको जीवन वचाउन पुग्ने वरावरको छ ।
उनले पहिलोपटक २० अगस्त १९८७ मा रक्तदान गरेका थिए ।
उनी यही डिसेम्वरमा कङ्गो तथा आगामि अप्रिलमा जापान रक्तदानकै सिलसिला जाने योजनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *