साहित्यकार आनन्ददेव भट्टको निधन

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क

२९ अगस्त, वाशिंटन डिसी

पछिल्लो समय निकै अस्वस्थ साहित्यकार आनन्ददेव भट्टको आज भाद्र १४, विसं २९७८ का दिन विहान ३ वजे आफ्नै वासस्थान कालिकास्थानमा निधन भएको छ । उनलाई आजै ११ वजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ ।

आनन्ददेव भट्टको जन्म विसं १९९३ साल असोज २५ गते जुम्लाको खलङ्गामा भएको थियो ।

उनको पहिलो रचना विसं २०१३ सालमा ईन्द्रेनी पत्रिकामा “म तयार छु” प्रकाशित भएको थियो ।

उनका ९७ साल, गुँराश, जीवनकै थुम्कोवाट, साहिंली मैयाँ, युरी गागरिन काव्यहरु, हिमाल बोल्छ, ओमर खय्यामलाई जवाफ, आमा बोलाउँछिन् कविता सङ्ग्रहहरु, प्रतिभा परिचय-साहित्यकारका परिचय प्रकाशित छन् । त्यस्तै समालोचनाको बाटोतिर, व्यावहारिक समालोचना, समय साहित्य समालोचना सङ्ग्रहहरु समेत प्रकाशित छन् । केही आत्मपरक निवन्धहरु उनको आत्मपरक निवन्धको सङ्ग्रह हो । उनले हेनरिक ईव्सेनको नाटक “जनताको शत्रु” को नेपालीमा अनुवाद गरेका थिए ।

प्रगतिवादी साहित्यका प्रखर प्रतिभा उनी प्रलेसमा पनि संलग्न थिए ।

उनले युध्दप्रसाद मिश्र पुरस्कार, गोकुल परस्कार, हृदयचन्द्र सिं पुरस्कार लगायतका पुरस्कार पाएका थिए ।

उनको जीवन प्राध्यापन कर्ममा वितेको थियो ।

उनलाई विसं २०७६ साल फागुन २३ गते शुक्रवार प्रगतिशील लेखक सङ्घ तथा विभिन्न ८४ संघसंस्थाले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा सामुहिक अभिनन्दन गरिएको थियो ।

पछिल्लो समय उनी अल्जाइमर रोगले आक्रान्त थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *