सामुद्रीक आँधी आइडाले लुजियानाको न्यूओर्लियन्स शहर पूरै अन्धकार: एक जनाको मृत्यु

मुख्य समाचार

आइडाका कारण झण्डै १० लाख ग्राहकका घर अन्धकार
लुजियानाका ९ लाख ४१ हजार १२१ ग्राहकका घर अन्धकार
मिसिसिपीका २७ हजार ४०० ग्राहकका घर अन्धकार
कोही नेपाली समस्यामा परे नपरेको अज्ञात

विश्वपरिक्रमा डेस्क
२९ अगस्त वाशिंटन डिसी

आइडा नामक सामुद्रिक आँधीले लुजियाना राज्यलाई फेरि एकपल्ट नराम्रोसँग घाइते तुल्याएको छ । प्रमुख तटिय शहर न्यू ओर्लियन्स पूरै अन्धकारमा डुवेको छ । जेनरेटर हुनेहरुले मात्र उज्यालो पाएका छन् ।
यसै वीच यो आँधीको कारण एक जनाको मृत्यु भएको खवर छ । यो मृत्यु रुख ढलेर भएको जनाइएको छ ।
यसैवीच पानीको मुख्य पाइप लाइनमा पनि क्षती पुगेपछि पानीको वितरण पनि अवरुध्द भएको छ ।
यसैवीच आइडाको शक्ति क्षय भएको छ र खरतनाक चौथो वर्गवाट दोश्रो बर्गमा झरेको छ ।
लुजियानाका गभर्नर जोन वेल एडवार्डले सिएनएनलाई वताए “दक्षिणपूर्वी लुजियानालाई निकै गाह्रो भएको छ, यो निकै भयानक आँधी हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *