विश्वपरिक्रमा डेस्क
२९ अगस्त, वाशिंटन डिसी
अमेरिकामा नेपाली भाषीहरुको जनघनत्व बढ्ने क्रम जारी छ र दोश्रो तेश्रो पुस्ताले नेपाली भाषा संस्कृति विर्सेलान् भन्ने चिन्ता पनि बढ्दो छ । त्यसका लागि अमेरिकाका विभिन्न शहरहरुमा नेपाली भाषा कक्षा सञ्चालन हुने गरेका छन् । नेपाली भाषाका पाठ्यक्रमहरु पनि बनाएर लागू गर्ने काम चलिरहेको छ ।
विगत ३-४ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया राज्यको सन्नीभेलमा शुरु गरिएको नेपाली भाषा कक्षा कोरोना महामारीका कारण स्थगित भएकोमा आजै देखि जूमको माध्यमबाट सञ्चालन हुन लागेको हो ।
भाषा कक्षामा शम्भु घिमिरे, गीता बजगाईं, सावित्री पन्त, तथा विद्या भण्डारीले विभिन्न कक्षा सञ्चालन गर्नेछन् ।
नेपाली भाषा पढाई हुनु खुसीको कुरा हो। शुभकामना !