अनेसासद्वारा ‘नवरत्न पुरस्कार’ वितरण सम्पन्न

बाल रचना

विश्वपरिक्रमा डेस्क
२८ अगस्त, वाशिंटन डिसी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । आज अगस्त २८ शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा यो सम्मान अर्पण गरिएको अनेसासले जनाएको छ ।
पुरस्कृत हुनुहुनेहरुमा साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यरहेका छन् भने गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मा रहेका छन् ।
यो पुरस्कार सन् २०१४ देखि प्रदान गर्न शुरु गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अनेसास बोर्डअफ ट्रष्टी सभापति गीता खत्री, केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’, ट्रष्टी सल्लाहकारद्वय रोहिणी शर्मा र प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, पुरस्कार छनोट समिति संयोजक लीला लुइटेल, अनेसास बिओटी उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, अनेसास महासचिव सर्वज्ञ वाग्ले , अनेसास सचिव विमला निरौला र अनेसास महिला समिति संयोजक उर्मिला निर्दोषी एवम् अनेसासका पूर्व अध्यक्ष सरला श्रेष्ठ र बिओटी सदस्य तीर्थ अधिकारीले समेत मन्तब्य राखेका थिए ।
पुरस्कृत प्रतिभाहरू साहित्यकार गंगा लिगल, गीता कार्की, शकुन ज्ञवाली, शारदा पौडेल ‘नीशा’, पत्रकार विमला भण्डारी, समाजसेवी विना बर्मा तथा पुरस्कार प्रायोजकका तर्फबाट दीपा राई पुन, मेनका पराजुलीले मन्तव्य राखेका थिए । सो पुरस्कारको प्रायोजनमा पदम विश्वकर्मा, राम लामा अविनाशी, ज्योति पौडेल, जानुका ढुगेल वस्ती, ज्योति राई, पद्मा लिंखा मगर, रेणु शर्मा र विमला निरौलाले सहयोग गरेका थिए ।
कार्यक्रम नवरत्न पुरस्कार समितिका संयोजक शान्ता घिमिरे अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
यस वर्षको पुरस्कार चयन समितिमा लीला लुइटेल, पुनम काफ्ले र विमला निरौला रहेका थिए । प्रत्येक दुईवर्षमा दिइने यो पुरस्कारको राशी नगद दुई सय अमेरिकी डलर र सम्मान-पत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *