विश्वपरिक्रमा डेस्क
२८ अगस्त, वाशिंटन डिसी
विश्वमा सवैभन्दा वढी कोरोना सङ्क्रमित मुलुक अमेरिकामा खोप सुलभ भए पनि कोरोना सङ्क्रमण तिब्र रुपमा बढिरहेको छ । दैनिक एक हजारभन्दा वढी मानिसको कोभिडकै कारण मृत्यु भइरहेको छ । सेण्टर फर डिसयास्टर, ब्लुम्सवर्ग, सिडिसी, कोरोना वर्ल्डोमिटर लगायतका श्रोतहरुले प्रकाशित गरेको जानकारी अनुसार यो रिपोर्ट तयार गरिएको हो ।
कोरोनाको ताजा अवस्था
अहिलेसम्म अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ५५ लाख ४० हजार ४०१ पुगेको छ ।
कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख ५३ हजार ४०५ पुगेको छ ।
कोरोनालाई पराजित गरेर जीवन पाउनेहरुको सङ्ख्या ३ करोड ७ लाख ८६ हजार ३६८ रहेको छ ।
हाल ८१ लाख ६२८ उपचाररत रहेका छन् ।
हालसम्म ५७ करोड ७४ लाख ७४ हजार २३८ कोरोना परीक्षण भएको छ ।
कोरोना भ्याक्सिनको अवस्था
अमेरिकामा अहिले दैनिक कोरोना भ्याक्सिन लगाउनेहरु ८ लाख २३ हजार ३५५ रहेक छन् भने गत अप्रिल १३ का दिन सबैभन्दा बढी ३३ लाख ८० हजारलाई खोप लगाइएको थियो ।
अमेरिकामा सवैभन्दा वढी दुवै खोप लगाउने ६ लाख २४ हजार ३१३ जनसङ्ख्या भएको भर्मण्ट राज्यमा ६७.७ प्रतिशत छन् भने कम्तीमा १ डोज खोप लगाउने ७५.९ प्रतिशत रहेका छन् ।
अमेरिकामा उमेर समूह अनुसार दुवै खोप लगाउनेहरुको प्रतिशत
१८ वर्षभन्दा कम उमेर समूह १३.४ प्रतिशत
१८ देखि २४ उमेर समूह ४७.२ प्रतिशत
२५ देखि ३९ उमेर समूह ५१.४ प्रतिशत
४० देखि ४९ उमेर समूह ६०.७ प्रतिशत
५० देखि ६४ उमेर समूह ६९.७ प्रतिशत
६५ देखि ७४ उमेर समूह ८३.४ प्रतिशत
७५ भन्दा वढी उमेर समूह ७९.० प्रतिशत
सवैभन्दा बढी मृत्यु हुने देशमा अमेरिका पनि
गत हप्ता कोरोनाको कारण सवै भन्दा वढी मृत्यु हुने ५ राष्ट्रहरुमा ईण्डोनेशिया, ब्राजिल, रसिया, ब्राजिल सहित अमेरिका पनि रहेको छ ।
ब्लुम्बर्गका अनुसार हालसम्म अमेरिकामा ३६ करोड ६८ लाख ३८ हजार ४८४ डोज खोप लगाईसकिएको छ जसमध्ये पूर्ण खोप लगाउने ६१ प्रतिशत रहेका छन् भने पूर्ण खोप लगाउने ५२ प्रतिशत रहेका छन् ।
सोडिसीले जनाए अनुसार हालसम्म १७ करोड २६ लाख अमेरिकीहरुले पूर्ण खोप लगाइसकेका छन् । सन् २०१९ को जन गणना अनुसार अमेरिकामा ३२ करोड ८२ लाख जनसङ्ख्या रहेको छ ।
अमेरिकामा किन मृ्त्यु घटेको छैन
अमेरिकामा कम्तिमा १ खोप लगाउनेहरुको प्रतिशत ६१ मात्र रहेको छ भने पूर्ण खोप लगाउने ५२ प्रतिशत मात्र रहेका छन् । झण्डै आधा जनसङ्ख्याले खोप लगाएका छैनन् । मृत्यु हुनेहरु सबैजसो अर्थात् ९९.९ प्रतिशत खोप नलगाउनेहरु रहेको वताइएको छ ।
०००