विश्वपरिक्रमा डेस्क
२६ अगस्त, वाशिंटन डिसी
नेपाली भाषाको लागि दिइने भारतको अकादमी पुरस्कार पूर्व सिक्किमको सेण्ट्रल पाण्डाममा जन्मेका साहित्यकार शंकर देव ढकालको कृति “किरायको कोख” का लागि प्रदान गरिने भएको छ ।
भारतको सम्विधानको आठौं अनुसूचिमा नेपाली भाषालाई पनि अन्तरभूक्त गरेपछि भारत सरकारले अन्य भाषाहरुलाई सरह नेपाली भाषाका कृतिका लागि भारतीय नेपाली लेखकलाई सन् १९७७ देखि अकादमी पुरस्कार दिंदै आएको छ ।
अकादमी पुरस्कार सर्व प्रथम ईन्द्र वहादुर राईले सन् १९७७ मा “नेपाली उपन्यासका आधारहरु” कृतिका लागि प्राप्त गरेका थिए ।
यो पुरस्कार भारतको गरिमामय पुरस्कार हो ।
(फोटो: पुण्य शर्माको फेसवुकबाट)