विश्वपरिक्रमा डेस्क
१८ अगस्त, वाशिंटन डिसी
नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरका अर्थात् नासाको आगामि २०२१-२३ कार्यकालका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष, कार्यकारी उपाध्यक्ष तथा उपाध्यक्ष पदमा २।२ जनाले उम्मेदवारी दिएकाले निर्वाचन हुने भएको छ । अध्यक्ष पदमा अम्विका लोहनी शर्मा र कृष्ण श्रेष्ठको उम्मेदवारी परेको छ, कार्यकारी उपाध्यक्षमा डा.निरोज वस्नेत तथा विशाल भारती तथा उपाध्यक्षमा सतिशचन्द्र गुप्ता तथा भीम प्रसाद तिमल्सिनाको उम्मेदवारी परेको छ ।
वाँकी सवै पदमा निर्विरोध भएका छन् । जस अनुसार महासचिवमा रमेश वानिया, संयुक्त सचिवमा रमेश लामिछाने तथा कोषाध्यक्षमा वावुराम शर्मा निर्विरोध भएका छन् ।
त्यसैगरी कार्यकारी सवस्यहरुमा सीता घिमिरे मैनाली, सुशिल पौडेल, जनक थपलिया, कल्पना अर्याल, सुनिता खतिवडा, विशाल सापकोटा, आशिष सुवेदी, बाबु सुवेदी, सुमन सिलवाल, कृष्ण देवकोटा, विनिता लाकान्द्री, मनोज राइ, रीचा शर्मा, दण्ड चापागाईं र गणेश भट्टराई निर्विरोध भएका छन् ।
स्मरणीय छ, कोभिडको नयाँ भेरियण्टको कारण ५ सेप्टेम्बरमा सम्पन्न हुने नासा एन्माको संयुक्त सम्मेलन स्थगित गरिसकिएको छ जहाँ निर्वाचन हुने तय गरिएको थियो । सम्मेलन स्थगित गरिए पनि निर्वाचन आयोगले निर्वाचनका काम कार्यवाही अघि बढाएको छ ।
नासाको निर्वाचन प्रत्यक्ष मतदानको आधारमा गरिने परम्परा रहि आएको छ । अत: निर्वाचन कसरी सम्पन्न हुन्छ, त्यो प्रतीक्षाको विषय छ ।
संयुक्त सम्मेलन नासा र एन्मा दुई संस्थाको सम्मेलन हो भने निर्वाचन नासाको मात्रै हो ।
निर्वाचनका लागि ज्ञानेन्द्र गदालको अध्यक्षतामा वासु फुलारा तथा रामकृष्ण वाग्ले सम्मिलित निर्वाचन आयोगले काम गरिरहेको छ ।