विश्वपरिक्रमा डेस्क
१८ अगस्त, वाशिंटन डिसी
प्रत्येक वर्ष हुने एनआएएन को ग्लोवल भेला आउँदो मा काठमाडौंमा हुँदैछ । यस वर्ष भने चुनाव समेत परेको छ । यस वर्षको चुनावका लागि उम्मेदवार हुने ३ उम्मेदवारहरुले अहिले देखि नै प्रचार प्रसार अन्तरगत विभिन्न मिडियामा छाउन थालिसकेका छन् ।
यस वर्षको चुनावका लागि कुल आचार्य, डा .बद्री केसी र रविना थापाले उम्मेदवारीको घोषणा गरिसकेका छन् ।

अघिल्लोपल्टको निर्वाचनमा अध्यक्ष पदमा पराजित कूल आचार्यले “संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न ” भन्दै उम्मेदवारी घोषणा गरेका छन् । साथै उनले कोभिडका कारण रोजगारी गुमाएर स्वदेश फर्केका नेपालीहरुलाई सघाउन “एक एनआरएन एक रोजगार” लगायतका एजेण्डा बनाएका छन् ।

हाल एनआरएनका उपाध्यक्ष डा.बद्री केसीले आफूलाई एनआरएन हाँक्न परिपक्व भएको वताएका छन् । उनले भनेका छन् , दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र अहिले उपाध्यक्ष छु । मैले जाने ठाउँ नै बाँकी एउटा अध्यक्ष मात्रै नै हो।”
उनले विविध एजेण्डामध्ये “वैदेशिक रोजगारमा भएका समस्याहरुलाई समाधान गर्ने ” कुरालाई प्राथमिकता दिने वताएका छन् ।

अर्का उम्मेदवार एनआरएनका उपाध्यक्ष रविना थापाले आफूले जितेमा संघको इतिहासकै पहिलो महिला नेतृ वनेर कामले प्रमाणित गर्ने वताएकी छिन्।
उनले आफ्नो एजेण्डामा ” नेतृत्वमा पुगे एनआरएन नागरिकता, सामूहिक लगानी लगायतका विषयमा पहलकदमी” गर्ने वताएकी छिन् ।
स्मरणीय छ, एनआरएनको यसपल्टको चुनाव पहिलोपल्ट अनलाइन भोटिंगको माध्यमले हुन लागेको छ ।
हाल विश्वभरका एनआरएनको राष्ट्रिय चुनाव एनआरएन एनसिसी भएका सवै देशमा धमाधम भैरहेको छ ।
