अमेरिकाले नेपाललाई अक्सिजन प्लाण्ट सहयोग गर्‍यो

मुख्य समाचार साभार रचना

विश्वपरिक्रमा डेस्क
१८ अगस्त, वाशिंटन डिसी

नेपालमा फैलिरहेको कोरोना महामारीसँग लड्नका लागि अमेरिकाले महामारीको शुरु देखिनै सहयोग गर्दै आएको छ ।
यसै क्रममा १८ अगस्तका दिन नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडका साथमा वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई दुईवटा तरल अक्सिजन ट्याङ्क हस्तान्तरण गरेका छन् । नेपालका अरु अस्पतालका लागि थप ४ सिलिण्डर पनि सहयोगको थप हिस्सा रहेको छ ।
सहयोग हस्तान्तरण समारोहमा वीर अस्पतालका प्रमुख डा. भूपेन्द्र वस्नेत तथा परोपकार प्रसूति अस्पतालकी प्रमुख डा.संगिता मिस्रा संलग्न थिए ।
स्मरणीय छ, अमेरिकाले नेपाललाई ९ करोड डलर सहयोग गरिसकेको छ जसमा साँढे सात करोड डलर भौतिक सामाग्री छन् । ती भौतिक सामाग्रीमा अक्सिजन सिलिण्डर, स्वासप्रस्वासका उपकरण, भेण्टिलेटर, पिपिई लगायतका सामाग्री रहेका छन् ।
अमेरिकाले विगतको २० वर्षमा नेपालमा स्वास्थ्य क्षेत्रमा ६० करोड डलर लगानी गरिसकेको छ ।
उक्त कुरा नेपालस्थित अमेरिकी राजदूतावासको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
(फोटो: नेपालस्थित अमेरिकी दूतावासको वेवसाइटबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *