विश्वपरिक्रमा डेस्क
१७ अगस्त, वाशिंटन डिसी
गत शनिवार हाइटीमा गएको विनाशकारी भूकम्पा परी मर्नेहरुको सङ्ख्या १४१९ तथा घाइते हुनेहरु ६००० पुगेको सिएनविसीले जनाएको छ ।
यसैवीच युनिसेफका कार्यकारी निर्देशक हेनरिता फोरले हाइटीमा मानविय सहायता आवश्यक भएको वताउँदै स्वास्थ्य सामाग्री, सफा पानी र वासको आवश्यकता औंल्याएकी छन् । उनले भनेकी छिन्, वावुआमावाट विछोडिएका वालवालिकालाई सुरक्षाको जरुरत छ ।
त्यहाँ कार्यरत एक चिकित्सक डा.इन्वर्ट पियरेले अहिले त्यहाँ यो र त्यो आवश्यक भन्ने अवसथा छैन, खासमा अहिले त्यहाँ सवै प्रकारको सहयोगको आवश्यकता छ ।
(Photo: Reuters and Getty Images)
