अफगानिस्तानबाट उध्दार गरिएका १२७ नेपाली काठमाडौं उत्रिए: अमेरिकी राजदूतले गरे स्वागत

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१७ अगस्त, वाशिंटन डिसी

अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि उत्पन्न परिस्थितिले विभिन्न मुलुकले आफ्ना नागरिकलाई सुरक्षित रुपमा उध्दार गर्ने सिलसिला चलिरहँदा कावुलमा रहेका नेपालीहरु समेत उध्दारको क्रममा रहेका छन् ।
नेपाल सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेको नेतृत्वमा र्थ, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड– १९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट सहसचिव वा सोसरहका सदस्य रहने गरी कार्यदल गठन गरेर काम अघि बढाएको छ ।
यसैवीच १२७ नेपालीको टोली काठमाडौं अवतरण गरेको छ । ती उध्दार गरिएका कामदारलाई स्वागत गर्न नेपालका लागि अमेरिकी राजदूत र्याण्डी वेरी त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

यस विषयमा नेपालस्थित अमेरिकी राजदूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, “अमेरिकी सरकारले काबुलस्थित अमेरिकी मिशनमा कार्यरत सवै नेपालीहरूलाई अफगानिस्तान छोड्ने कार्यमा पूर्ण सहयोग गरेको छ। आज बिहान मध्यपूर्व हुँदै पहिलो उडानमार्फत नेपाल आइपुग्नुहुने नेपालीहरूलाई हामीले स्वागत गर्न पायौं, र यो हाम्रो लागि सम्मानको विषय हो। तपाईंहरू सवैको सेवाको लागि हामी सदैव कृतज्ञ छौं। ”
उध्दार गरेर नेपाल ल्याइएका नेपालीहरुको सम्बन्धमा फरकफरक समाचार सम्प्रेषण गरिएका छन् ।
नेपाल सरकारको आधिकारिक मिडिया गोरखापत्रले लेखेको छ, “गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उहाँहरुलाई काठमाडौ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो ।”
उता विभिन्न समाचार माध्यमहरुले उध्दार गरिएका ब्यक्तिहरुलाई म्यानपावर कम्पनीको पहलमा ल्याइएको सरकारले होइन भनेका छन् ।

(Photo credit: Facebook of US Embassay, Kathmandu)
00

Leave a Reply

Your email address will not be published. Required fields are marked *