विश्वपरिक्रमा डेस्क
१५ अगस्त वाशिंटन डिसी
साहित्यकार आनन्ददेव भट्ट निमोनियाले ग्रस्त भै काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना हुनुभै उपचाररत रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवले सामाजिक सञ्जालमा जानकारी गराएका छन् ।
पछिल्लो समय उनलाई विस्मृतिको रोगले समेत आक्रान्त पारिरहेको छ ।
विसं १९९३ साल असोज २५ गते जुम्लाको खलङ्गामा जन्मेका उनको लेखनीको प्रारम्भ महाकवि देवकोटा संलग्न काव्य प्रतिष्ठानको कविता प्रधान पत्रिका “ईन्द्रेनी” मा विसं २०१३ सालमा “म तयार छु” कवितावाट भएको थियो ।
दर्जनौं पुस्तकका स्रष्टा उनको प्रगतिशील लेखक संघसँग समेत सकृय सम्वन्ध थियो ।
उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य समेत हुन् ।
शिघ्र स्वास्थ लाभको कामना गर्छु ।