विश्वपरिक्रमा डेस्क
११ अगस्त वाशिंटन डिसी
नेपालको पुरानो साहित्यिक कृति प्रकाशनको लामो इतिहास वोकेको साझा प्रकाशनको महाप्रवन्धकमा कवि प्रल्हाद पोखरेल नियुक्त भएका छन् । साझा प्रकाशनको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । यो निर्णयसँगै नेपाल सरकारको तर्फबाट महाप्रवन्धकको रुपमा कार्यरत होमप्रसाद गौतम विदा भएका छन् ।
यसैवीच नवनियुक्त महाप्रवन्धक पोखरेलले आफ्नो पदभार ग्रहण गरेका छन् । उनलाई स्वागत र निवर्तमान गौतमलाई विदाईवरिष्ठ अधिकृत होमनाथ भट्टराई तथा साझा प्रकाशन पुल्चोक केन्द्रका कर्मचारीहरुले गरेका थिए ।
महाप्रबन्धक पोखरेल नेपाली कविता साहित्यको क्षेत्रमा सुपरिचित नाम हो उनका गीति यात्रा, जीवन्त यात्रा, गोसाईंकुण्ड, सारथि, खोटाङ डायरी, कुहिराको कम्वल लगायत कविता र काव्यकृतिहरु प्रकाशित छन र उनीसँग लामो समय नेपाल सरकारको निजामती जागिरको प्रशासनिक अनुभव समेत छ ।
(फोटो सौजन्य: शब्दपथ)
