विश्वपरिक्रमा डेस्क
काठमाडौं १ श्रावण
“योगमाया” उपन्यासका लागि नेपालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त उपन्यासकार नीलम कार्की निहारीकाको नविनतम उपन्यास “द्रौपदी अवशेष” हुम्लाबाट सार्वजनिक भएको प्रेस विज्ञाप्ति प्रापत भएको छ ।
“अर्की आइमाई” उपन्यासबाट चर्चा बटुलेकी नीलमको “चीरहरण” चर्चामा रहेको थियो र पदमश्री पुरस्कार प्राप्त गरेको थियो । चीर हरणमा महाभारतकी पात्रा द्रौपदीलाई मुख्य पात्र बनाइएको थियो भने योगमायामा सामाजिक अभियन्ता तथा विद्रोही सन्यासिनी “योगमाया” लाई पात्र बनाइएको थियो । प्रस्तुत उपन्यासमा भने सुदूर पश्चिम नेपालको हुम्ला क्षेत्रतिर रहेको बहुपति प्रथालाई उन्यासको विषय बनाइएको जनाइएको छ ।