विश्वपरिक्रमा डेस्क
आपतविपतको वेलामा दयालु हृदय भएका मानिसहरु विभिन्न किसिमले सहयोग गर्ने बाटो पहिल्याउँछन् । गत जून १२ का दिन अमेरिकाको न्यू ह्याम्शायरको स्टम्वल इन एण्ड वार मा त्यस्तै घटना भयो ।
एक जना भद्र पुरुष वारमा आए । यौटा वियर, चिल्ली चिज डग्स, पिक्कल चिप्स र टकिला अर्डर गरे । दिउँसो साँढे तीन वजेको घटना थियो यो ।
उनले विल मागे । विलको रकम थियो, ३७ डलर ९३ सेण्ट । यो विलको रकममा १६,००० डलर टिप्स जोडेर १६,०३७।९३ रकम भूक्तानी गरे । यो अविश्वसनीय कुरा थियो । तर ग्राहकले आफू परिचय खुलाउन नचाहने तर त्यो रकम सही भएको वताएपछि यो घटना सुखद आश्चर्यमा परिणत भएको थियो ।